सानीभेरी ५ मा पहिलो चरणको मतपरिणाम सार्वजनिक, ६०१ मत गन्दा ३२९ मत रुखमा 

आइतबार, मंसिर १६, २०८१

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि आज भएको उपनिर्वाचनको पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ । 

भर्खरै निर्वाचन अधिकृतको कार्यलयले सार्वजनिक गरेको मत परिणाम अनुसार ६०१ मतको गणना सकिएको छ । यो परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा ३२९ मत खसेको बताईएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडामा २५४ मत खसेको छ । ७५ मतले नेपाली कांग्रेसका उम्मेदवार अगाडि रहेको बताईएको छ । 

 १८ मत भने बदर भएको जनाईएको छ । यहाँ एक हजार १४६ मत खसेको थियो ।  दोश्रो चरणको मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस वडामा रिक्त वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसका तर्फबाट मोतिराम खत्री र नेकपा (माओवादी केन्द्र) का तर्फबाट जसीराम बस्नेत वडा अध्यक्षका उम्मेदवार हुनुहुन्छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  २०:३८
प्रतिक्रिया दिनुहोस्