सोसल मिडिया
रुकुम पुर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदका लागि मतदान गरिएका मतपेटिकाहरु सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आईपुगेका छन् ।
आज बिहान ३ बजे सबै मतदानस्थलबाट मतपेटिका वडा नम्वर १० को तकमा रहेको कार्यालयमा आईपुगेका हुन् ।
सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले दिएको जानकारी अनुसार अहिले सर्वदलीय बैठक सुरु भएको छ । बैठक लगत्तै मतगणना सुरु हुनेछ । यस गाउँपालिकाको १४ वटै वडामा २२ मतदान केन्द्र रहेका थिए ।
जम्मा ११ हजार १८० जना मतदाता रहेकोमा पाँच हजार ९३१ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान गर्नेमा तीन हजार ९६ जना महिला र दुई हजार ८३५ जना पुरुष रहेका छन् ।
भौगोलिक हिसाबले विकट रहेको यस गाउँपालिकामा उपाध्यक्ष पदको लागि उपनिर्वाचन भएको हो । गाडी दुर्घटनामा परि गत भदौ २८ गते उपाध्यक्ष भूपेन्द्र बुढा, २ नम्बर वडा अध्यक्ष जसबहादुर शेर्पाली र उपाध्यक्षकी आमा गोपिमाया बुढाको निधन भएको थियो ।
वडा अध्यक्ष पदमा भने यस अघिनै माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भैसक्नुभएको छ ।