Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
गुणस्तरहिन दिवा खाजा

बालबालिकालाई दिवा खाजा, ‘हात-हातमा कुहिएको र चल्ला भएको अण्डा’

बालबालिकाको स्वास्थ्य माथी खेलवाड गरेको आरोप
२०७८ कार्तिक २७
tribeni2

रुकुम पश्चिम / सरकारले शिक्षण सिकाइ कार्यमा बालबालिकाको सहभागिता बढाउन, सिकाइस्तर सुधार गर्न, गुणस्तरीय शिक्षामा पहुँच बढाउने उद्देश्यले सामुदायीक बिद्यालयमा दिवा खाजा कार्यक्रम लागु गरेको छ । जुन खाजा गुणस्तरीय र पौष्टिक तत्व भएको हुनुपर्ने हुन्छ ।

तर रुकुमको एक बिद्यालयले बालबालिकालाई खुवाउने गरेको दिवा खाजा गुणस्तरहिन र बालबालिकाको स्वास्थ्य माथी खेलवाड गर्ने खालको भएको गुनासो प्राप्त भएको छ । त्रिवेणी गाँउपालिकाको १० नम्वर वडामा रहेको बालकल्याण माध्यमिक बिद्यालयले खुवाउने गरेको दिवा खाजा गुणस्तरहिनका साथै स साना बालबालिकाको स्वास्थ्य माथी असर गर्ने खालको रहेको अभिभावहरुले बताएका छन् ।

हिजो शुक्रबार बाँडिएको दिवा खाजामा लापरबाहि र गैर जिम्मेवारपन भेटिएको हो । बिद्यालयमा जब बिद्यार्थीलाई दिवा खाजाको नाममा ल्याईएको उसिनेको अण्डा बाँडियो, खोलेर हेर्दा कुनै कुहिएका त कुनैमा मरेका चल्ला भेटिए ।

‘मेरो साथीलाई दिएको अण्डामा चल्ला मरेको थियो, खोलेर फालिदियो,’ कक्षा ५ मा अध्ययनरत शिवलाल ओलीले आफ्ना बुवासँग बताएको खबर बुवा खड्कबहादुर ओलीले मुलपाटीसँग भन्नुभयो, ‘मैले पनि खोलेर हेर्दा कुहिएको रैछ, साह्रै गन्हायो, फालिदिए ।’ उहाँका अनुसार अरु साना बच्चाहरुलाई आफैले खोलेर दिने, आफै खोल्न सक्नेहरुलाई खोलेर खाउ भनेर दिईदो रैछ ।

धेरै बच्चाहरुले गुणस्तरहिन अण्डा बाध्यताले खानु परेको उहाँको अनुमान छ ।आफ्ना बच्चाहरुले घरमा यस खालको कुरा सुनाएपछि बिद्यालय प्रशासनसँग कुरा गर्न खोेजेको तर आज शनिबार भएकोले आईतबार सबै अभिभावक बिद्यालयमा गएर कुरा गर्न खोजेको ओलीले बताउनुभयो ।

अभिभावकहरुले आफ्ना बालबालिकाले थोरै भएपनि कक्षामा गुणस्तरिय खाजा खान पाउँछन् भनेर गरिएको आशा माथी झड्का लागेको अर्का अभिभावक कर्ण बहादुर ओलीले जनाउनुभयो ।
यस बिषयमा बिद्यालयका प्रधानाध्यापक खमबहादुर केसीले शुक्रबार बिद्यार्थीहरुलाई अण्डा खुवाउने क्रममा केहि अण्डा सडेको भेटिएको र तत्काल ती हटाएर नयाँ खुवाईएको बताउनुभयो । ‘हामीले व्यवस्थापन समितिबाट निर्णय गरेर एक जनालाई क्यान्टिनको जिम्मा दिएका छौ,’ प्रधानाध्यापक केसीले मूलपाटीसँग भन्नुभयो ‘दैनिक १५ रुपैयाँको दरले प्रत्येक दिन फरक फरक खाजा खुवाउने सम्झौता छ ।

शुक्रबार अण्डा खुवाउने क्रममा ल्याईएको क्यारेट पुरानो परेर ४, ५ ओटा बिग्रिएको रैछन् ।’ प्रधानाध्यापक केसीले बिद्यार्थीलाई गुणस्तरहिन खाजा खुवाउन नपाईने कुरामा एकदम सचेत रहेकोले जनाउनुभयो ।

उहाँले दिनुभएको जानकारी अनुसार बिद्यालयमा शिशु कक्षा देखि ५ कक्षा सम्मका १ सय १० जना बालबालिकालाई दिवा खाजा खुवाइदै आईएको छ ।

दिवा खाजा कार्यक्रम सुरु भएदेखी प्राथमिक तहका बालबालिकालाई प्रत्येक दिन १५ रुपैया बराबरको खाजा खुवाउनुपर्ने हुन्छ । यस खालको खाजामा स्थानीय कृषि उत्पादनका अन्नबालीबाट खाजा बनाएर बालबालिकालाई दिईने प्रावधान रहेको हुन्छ ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्