नलगाडको उपप्रमुखमा माओवादी केन्द्रकी लामिछाने विजयी

सोमबार, मंसिर १७, २०८१

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको छ । भर्खरै सार्वजनिक अन्तिम परिणाणअनुसार माओवादीकी देवका लामिछाने विजयी हुनु भएको छ ।

उहाँले ४ हजार २७२ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी ईन्द्रा चन्द सिंहले ३ हजार १४७ मत ल्याउनु भएको छ ।

एमालेका उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ मत पाउनु भएको छ । रास्वपाका उम्मेदवार पार्बती पुनले १७९ मत ल्याएकी छन् भने राप्रपा नेपालका उम्मेदवार सुनिता पुन रावलले ५८ मत ल्याउनु भएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०८:४४
प्रतिक्रिया दिनुहोस्