पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रका बुढा निर्वाचित

सोमबार, मंसिर १७, २०८१

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा पदमा आइतबार भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरपुरा बुढा निर्वाचित हुनुभएको छ ।

निर्वाचन आयोगले माओवादी केन्द्रका उम्मेदवार बुढाले तीन हजार ६२७ मत प्राप्त गरी निर्वाचित हुनुभएको जनाएको छ ।

यसैगरी, उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेस र एमालेको गठबन्धनका केशकुमारी तुलाचनले दुई हजार १२८ मत प्राप्त गर्नुभएको छ ।

तुलाचन एमाले निकट हुनुहुन्छ भने उहाँ रुख चिन्ह लिएर उम्मेदवार बन्नुभएको थियो। 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्