राप्ती राजमार्गको दाङ-सल्यान सडकखण्ड दैनिक पाँच घण्टा बन्द

सोमबार, मंसिर १७, २०८१

राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द गरिएको छ ।

सडक स्तरवृद्धिका समयमा नियमित गाडी सञ्चालनमा आउँदा दाङ–सल्यान सडक खण्डको कपुरकोटदेखि राम्रीसम्म काम प्रभावित हुन थालेपछि जिल्ला प्रशासन कार्यालय दाङले सूचना प्रकाशन गरेर सोमबारदेखि पाँच घण्टा बन्द गरेको हो ।

राप्ती राजमार्ग हरेक दिन बिहान ११ देखि दिउँसो ४ बजेसम्म बन्द गरिएको हो । वैकल्पिक मार्ग नभएपछि यात्रु दिनभरि उक्त सडकमा रोकिएका छन् ।

सडक डिभिजन कार्यालय घोराही दाङकै रोहबरमा सूचना प्रकाशन गरिएको जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताउनुभयो ।

उहाँका अनुसार राप्ती राजमार्गको राम्री -कपुरकोट सडक खण्डमा गाडी आउजाउ बन्द गरिए पनि बिरामी बोकेका एम्बुलेन्सलगायत चारपाङ्ग्रे साना गाडीहरु कपुरकोट–किमुचौर–सातलवास– पैयाखोला हुँदै सञ्चालन गर्न सकिनेछ ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  २२:१८
प्रतिक्रिया दिनुहोस्