सामुदायिक वन समुहबाट बिरामी, बिपन्न र बिद्यार्थीलाई सहयोग, उपभोक्तालाई सचेतना 

मंगलबार, मंसिर १८, २०८१

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ५ मा रहेको एक सामुदायिक वन उपभोक्ता समुहले समुहका दुई उपभोक्तालाई आर्थिक सहयोग गरेको छ भने ४० बिद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराएको छ । 

आरुखोला सामुदायिक वन उपभोक्ता समुहले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । समुहका अध्यक्ष लोकेन्द्र परियारका अनुसार वन समुहका उपभोक्ता पार्वती बिकलाई पाँच हजार रुपियाँ र पार्वती जैसीलाई दुई हजार पाँच सय रुपियाँ हस्तान्तरण गरिएको हो ।

बिक मृगौला रोगबाट पीडित हुनुहुन्छ भने जैसी गरिब तथा विपन्न अवस्थाको हुनुहुन्छ । समुहका उपभोक्ताहरुलाई परेको अप्ठ्यारो अवस्थामा गरेको अध्यक्ष परियारले जानकारी दिनुभयो । 

त्यसैगरी समुहले सोहि वडामा रहेको आधारभूत विद्यालय लहरेसिमलका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराएको छ । विद्यालयमा अध्ययनरत ४० जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई विद्यालय झोला सहयोग गरिएको समुहले जनाएको छ । 

468663235_551392934522968_7728540947068482337_n-1733239242.jpgवन उपभोक्ता समुहले आयोजना गरेको सामुदायिक वन सम्बन्धि सचेतना कार्यक्रमको उद्घाटनको समारोहमा उक्त सहयोग उपलब्ध गराईएको हो । 
वन समुहको आयोजनामा उपभोक्ताहरुलाई सामुदायिक वन व्यवस्थापन सम्बन्धी बृहत सचेतना कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

समुह अन्तर्गत रहेका ३ वटा टोलका ८५ जना उपभोक्ताहरुलाई छुट्टाछुट्टै कार्यक्रम राखेर उक्त कार्यक्रम सम्पन्न गरिएको हो । 

यी कार्यक्रमहरुमा चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीको प्रमुख आतिथ्यता र डिभिजन वन कार्यालयका प्रमुख शेर बहादुर परियारको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा डिभिजन वन कार्यालय, चौफा सब डिभिजन कार्यालयका कर्मचारीहरु, विद्यालयका शिक्षक, स्थानीय अगुवाहरु लगायतको उपस्थिति रहेको थियो । 

469127203_551389911189937_1290596799000702528_n-1733239242.jpg
 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  २१:०९
प्रतिक्रिया दिनुहोस्