Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माओवादी अध्यक्ष प्रचण्ड बिरामी, मेडिसिटी अस्पतालमा भर्ना

२०७८ कार्तिक २७
tribeni2

काठमाण्डाै / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिरामी पर्नुभएको छ ।

उहाँलाई उच्च रक्तचाप, वान्ता हुने लगायतका समस्या देखिएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

उहाँको अवस्था सामान्य रहेको र चाँडै डिस्चार्ज हुने उहाँकी पुत्री गंगा दाहालले जानकारी दिनुभएको छ ।

कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला र पूर्वका भोजपुर लगायतका ठाउँमा पार्टीका कार्यक्रममा सहभागी हुँदा धपेडी र चापका कारण उहाँ बिरामी परेको दाहालले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्