सोसल मिडिया
बुधबार बेलुका जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । सिंह एण्ड ब्रदर्स निर्माण सेवा प्रालीको प्रदेश ३–०१–०२३च ४७१९ नम्बरको बोलेरो जिप मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका १० नुवागाउँ नजिकको मोडमा दुर्घटना भएको थियो ।
मध्य पहाडी लोकमार्गमा काकीगाँउबाट कुदुतर्फ आउँदै गरेको जिप सडकबाट करिब सात सय मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा गाडि चालक कैलाली घर भई भएका २५ वर्षीय मनोज केसी र जुम्ला घर भई हाल भेरी नगरपालिका ७ स्याउली बजार बस्ने २२ वर्षीय मिथुन हमाल रहेको प्रहरीले जनाएको छ ।
यसैगरी, दाङको घोराही उपमहानगरपालिका ८ घर भएका २३ वर्षीय कमल चौधरी दुर्घटनामा परी घाइते हुनुभएको छ ।
जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले घटनाको जानकारी आउने वित्तिकै प्रहरी घटनास्थलबाट घाइते र मृतकलाई जिल्ला अस्पताल जाजरकोटमा ल्याइएको बताउनुभयो । घाइते चौधरीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।