पाल्पामा सुन्तला महोत्सव हुँदै

बिहीबार, मंसिर २०, २०८१

पाल्पा । पाल्पामा सुन्तलाखेती प्रवर्द्धन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मङ्सिर २२ पर्सि शनिवार र २३ गते आइतवार सुन्तला महोत्सव हुने भएको छ ।

महोत्सव सञ्चालनका लागि रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले पाँच लाखका दरले १० लाख रुपैयाँ प्रदान गरेका महोत्सव आयोजक समितिका संयोजक दानबहादुर कुँवरले जानकारी दिनुभयो । महोत्सव सुन्तलाको बजार, प्रविधिबारे बुझ्ने र सीप सिक्ने अवसर हुने उहाँले बताउनुभयो ।

सुन्तलाका दाना, जुस, जाम तथा अन्य वस्तु महोत्सवमा प्रदर्शन गरिने छ । रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाका पाँच सय बढी किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका छन् । उनीहरूले गएको वर्ष  ४६ करोड रुपैयाँको सुन्तला बेचेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

। 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्