रुकुमकोटमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै

बिहीबार, मंसिर २०, २०८१

रुकुम पूर्वमा तीन दिने नि:शुल्क स्वास्थ्य शिविर हुन लागेको छ ।

एक एक पाइला फाउण्डेशन र गोपाल बहादुर शाही परिवारको आयोजना तथा राप्ति आँखा अस्पताल र सिस्ने गाउँपालिकाको समन्वयमा रुकुमकोटमा यहि पुष १ गतेदेखि ३ गतेसम्म शिविर हुन लागेको हो ।

सिस्ने गाउँपालिका र त्यस आसपासका सर्वसाधारणहरुलाई प्रत्यक्ष लाभ हुने गरी शिविर संचालन गर्न लागिएको एक एक पाइला फाउण्डेशनका अध्यक्ष डा. सुमन थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस अघि पनि एक एक पाइला फाउण्डेशनको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो भने शिविरबाट जिल्लाका धेरै सर्वसाधारणले सेवा लिने अवसर प्राप्त गरेका थिए । यस वर्ष पनि शिविर आयोजना भएको हुदा शिविरबाट निशूल्क स्वास्थ्य चेकजाँच गर्न नागरिकहरुलाई समाजसेवी मदन शाहले अपिल गर्नुभएको छ । 

शिविरमा आँखा रोग एवम् मोतिबिन्दु शल्यक्रिया, चर्म रोग सेवा, छाति तथा फोक्सो रोग सेवा, कलेजो रोग सेवा, बाल रोग सेवा, जनरल मेडिसिन सेवा दिईने बताईएको छ ।

त्यसैगरी नाम, कान र घाँटी रोग सेवा, सामान्य शल्यक्रिया सेवा, दाँत रोग सेवा, स्त्री तथा प्रसुती रोग सेवा, प्याथोलोजी सेवा र फार्मेसी सेवा समेत शिविरबाट निशुल्क रुपमा प्रदान गरिने आयोजकले जनाएको छ । शिविर जिल्ला अस्पताल रुकुम पूर्वमा संचालन हुने जनाईएको छ ।

468888386_3982490011973720_6637638584131582150_n-1733413303.jpg
 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  २१:१८
प्रतिक्रिया दिनुहोस्