सोसल मिडिया
रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको दिप ज्योति आधारभुत विद्यालय काँडाले जाडो मौसममा न्यानो कपडा वितरण गरेको छ ।
सानीभेरी गाउँपालिका -११ काँडामा रहेको बाल विकास केन्द्र देखि कक्षा ५ सम्म ११० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
अन्य कक्षाहरुमा बिद्यार्थी संख्या थप भएकोले सबै बिद्यार्थीलाई कपडा अपुग भएको दिपज्योति आधारभुत विद्यालयका प्रधानाध्यापक दिनेश खड्काले जानकारी दिनुभयो ।
कक्षा १,२ र ३ का बिद्यार्थीका अभिभावकहरुबाट प्रति बिद्यार्थी पाँच सय रुपियाँ र माथिल्लो कक्षाका बिद्यार्थीका अभिभावकबाट ६ सय रुपियाँ उठाएर न्यानो कपडा ल्याउने निर्णय गरिए अनुसार बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
विगतमा स्थानीय सरकारले न्यानो पोशाक दिने गरेतापनि गत वर्षदेखि नदिएकोले अभिभावक आफैले रकम संकलन गरेर न्यानो पोशाक व्यवस्था गरेका हुन् ।
आज विद्यालयमा ल्याईएका पोशाक वितरण गरेको र थपको पोशाकका अर्डर भैसकेको प्रधानाध्यापक खड्काले जानकारी दिनुभयो । न्यानो पोशाक अन्तर्गत स्वीटर र टोपी वितराण् गरिएको शिक्षक मनबहादुर ओलीले जानकारी दिनुभयो ।