नेपाल विद्यार्थी संघ रुकुम पश्चिममा २५ सदस्य चयन

शुक्रबार, मंसिर २१, २०८१

नेपाल विद्यार्थी संघ रुकुम पश्चिमले कार्यसमितिलाई बिस्तार गरेको छ । नेवि संघका जिल्ला अध्यक्ष हेमराज केसीका अनुसार बिहिबार २५ सदस्यीय जिल्ला कार्यसमिति बिस्तार गरिएको हो ।  

उहाँका अनुसार नेपाल विद्यार्थी संघको बिधान २०२७ को छैटौ संशोधन, २०७६ (संशोधित र परिमार्जित २०७५) बमोजिम जिल्ला कार्य समित बिस्तार गरिएको हो । उहाँले चार वटा विभागहरु समेत गठन गरिएको बताउनुभयो । 

जिल्लाको सानीभेरी गाउँपालिकाबाट संगठन बिस्तार अभियान सञ्चालन गरिने अध्यक्ष केसीले उल्लेख गर्नुभयो ।  विद्यार्थीहरुको हक, हितको पक्षमा आवाज उठाउने सशक्त संगठन बनाउन जिल्लाभरका विद्यालयहरुमा नेवि संघको संगठन बनाईने बताईएको छ । 

बिस्तार गरिएको कार्यसमिति विवरण :

469063862_3549536545337187_873427324779085806_n-1733456662.jpg
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ०९:३०
प्रतिक्रिया दिनुहोस्