सोसल मिडिया
रुकुम / १० औं महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेले जिल्ला-जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनौट गरिरहेको छ । शनिबार रुकुम पश्चिम र रुकुम पूर्वबाट पनि महाधिवेशन प्रतिनिधि छनौट गरेको गरिएको छ ।
रुकुम पश्चिमबाट ७ जना र रुकुम पूर्वबाट ६ जना महाधिवेशन प्रतिनिधिको सर्वसम्मत टुंगो लगाएको नेकपा एमालेले जनाएको छ ।
रुकुम पश्चिमबाट महाधिवेशन प्रतिनिधिहरुमा नन्दराम देवकोटा, नारायणकुमार शाह, मनविर घर्ती र टंक ओली खुला तथा अन्यबाट चयन हुनुभएको छ भने महिलाबाट तिर्था गौतम चयन हुनुभएको छ ।
त्यसैगरी दलितबाट चन्द्रबहादुर बिक र शशीराम नेपाली छनौट हुनुभएको एमालेले जनाएको छ । आज जिल्ला पार्टी कार्यालय बागबजारमा भएको एक कार्यक्रमका बिच प्रतिनिधिहरु छनौट गरिएको हो ।
त्यसैगरी रुकुम पूर्वबाट पनि सर्वसम्मत प्रतिनिधिहरु छनौट गरिएको पार्टि सचिव लिलामणी गौतमले जनाउनुभएको छ ।
रुकुम पूर्वबाट नन्दलाल शर्मा, टोप वहादुर ओलि, लिलामणि गौतम, निर्माण वुढा (रवि), आशा स्वर्णकार र मस्त वहादुर विश्वकर्मा (समाल) महाधिवेशन प्रतिनिधि छनौट हुनुभएको छ ।