सोसल मिडिया
रुकुम पश्चिम । महिला मावन अधिकार रक्षक सञ्जाल रुकुम पश्चिमको अधिवेशन सम्पन्न भएको छ । शुक्रबार खलंगामा एक कार्यक्रमका बिच ११ औं साधारण सभा तथा ९ औं अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले ब्यूँझना पुन देवकोटाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन समेत गरेको छ ।
जसको उपाध्यक्षमा खिमा डाँगी, सचिवमा निर्मला विष्ट, सह सचिवमा सुमिनाकुमारी घर्ती र कोषाध्यक्षमा हुकुमकुमारी केसी चयन हुनुभएको छ ।
यसैगरि सदस्यहरुमा गोमा नेपाली, झरणा विक, माया बोहरा, मनकुमारी पुन, राधिका भण्डारी, बसन्ती परियार, बन्दना खड्का, प्रेमा शाही, कल्पना घर्ती, सृजना पुन, मंगली खत्री, लक्ष्मी केसी, कमला खड्का मनिषा केसी र भावना शर्मा चयन भएको महिला मावन अधिकार रक्षक सञ्जाल रुकुम पश्चिमको जनाएको छ ।