कोरियामा चलचित्र १२ गाउँको प्रदर्शन गरेर सल्यानका बालबालिकालाई सहयोग

शनिबार, मंसिर २२, २०८१

सल्यानी समाज दक्षिण कोरियाले चलचित्र १२ गाँउ बाट आएको मुनाफाको ७० प्रतिशत रकमको सामाग्री सल्यानका दुर्गम तथा विपन्न ठाउँका विद्यालयका विद्यार्थीहरुलाइ सहयोग गरेको छ ।

सल्यानी समाज दक्षिण कोरियाले केहि समय अगाडी चलचित्र १२ गाँउ प्रदर्शन खरिद गरेर कोरियाका विभिन्न ठाउँहरुमा प्रदर्शन गरिएको थियो । सो चलचित्रबाट भएको आम्दानीको ७० प्रतिशत रकम बराबरको सामाग्री सल्यान जिल्ला भित्रको शैक्षिक क्षेत्रमा र बाँकी ३० प्रतिशत रकम संस्थामै राखिएको सल्यानी समाज दक्षिण कोरियाका महासचिव रोशन वलीले जानकारी दिनुभयो । उहाँका अनुसार समाजले चलचित्र १२ गाउँबाट ३ लाख बढी रुपियाँ मुनाफा भएको थियो ।

सल्यानका ६ वटा बिद्यालयका करिब १७० जना विद्यार्थीहरुलाई जाडो मौसममा न्यानो कपडा तथा विविध शैक्षिक सामग्रीहरुको वितरण गरिएको छ । दक्षिण कोरियामा कर्म गर्न गएका सल्यानीहरुले करिब ४ बर्ष अघि स्थापना गरेको संस्था सल्यानी समाज दक्षिण कोरियाले उक्त सामाग्रीहरु वितरण गरेका हो ।

सल्यान जिल्ला भित्रका प्राथामिक तहका बालबालिकालाई लक्षित गरी जाडो मौसममा न्यानो कपडाहरु तथा अन्य शैक्षिक सामग्री वितरण कार्यक्रम गरिएको संस्थाका महासचिव वलीले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष सल्यान जिल्लाका ४ वटा पालिका भित्रका ६ वटा विद्यालयमा वितरण गरिएको छ । महेन्द्र आाधारभूत विध्यालय शारदा नगरपालिका १२, शिव माध्यामिक विद्यालय शारदा नगरपालिका १२ मुलडाँडा, दुर्गा आधारभूत बिद्यालय शारदा नगरपालिका १२ तिम्ले, दिप सृजना प्रथामिक विद्यालय बनगाड कुपिण्डे नगरपालिका १० साधाबाँस, जनज्योती आधारभूत विध्यालय छत्रेश्वरी गाउँपालिका १ काल्चे, सरस्वती आाधारभूत विद्यालय कालिमाटी गाउँपालिका ३ फारुला सल्यान गरेर जम्मा ६ वटा विद्यालयमा १७० जना विद्यार्थीहरुलाई वितरण गरिएको छ ।

प्रदेशमा सुख, दुख पर्दा एउटा अभिभाबकको रुपमा मुख्य भुमिका निर्वाह गर्ने उद्देश्यले संस्थाको स्थापना गिरएको संस्थाका अध्यक्ष तरसिंह पुनले जानकारी दिनु भयो । यो वर्ष नेपाली चलचित्र १२ गाउँलाई कोरियाका विभिन्न सिनेमा घरमा परदर्शन गरेको र सोहि चलचित्रले कमाएको रकमबाट केहि बचत गरेर समाजिक कार्यमा लगाएको अध्यक्षले पुनले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्