Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

युवासँग महालक्ष्मी लाईफको जिल्ला संयोजकमा 'लक्ष्मी'

२०७८ कार्तिक २७
tribeni2

रुकुम पश्चिम / शनिबार युवासँग महालक्ष्मी लाईफ इन्स्योरेन्स बिमा जागरण राष्ट्रीय अभियानको जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले लक्ष्मी केसीको संयोजकत्मा २५ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ । संयोजक केसी युवासँग महालक्ष्मी लाईफ बिमा जागरण राष्ट्रिय अभियानको केन्द्रिय सदस्य पनि हुनुहुन्छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. रुकुम शाखाका प्रमुख ब्युँझना पुन देवकोटाका अनुसार महालक्ष्मी लाईफ ईन्स्योरेन्ट लि.का उप क्षेत्रिय प्रमुख कृष्ण प्रसाद पोखरेलले कार्यक्रमको बिशेष सहजिकरण गर्नुभएको थियो ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड रुकुम शाखाको आयोजनाका भएको सम्मेलनमा सहभागी ५० बढी युवाहरु बिचमा बिमासँग सम्बन्धित बिभिन्न बिषयमा छलफल गरिएको थियो ।

युवा वर्गमा बिमासँग सम्बन्धित बिषयमा जनचेतना जगाउँदै समुदायका प्रत्येक घर घरमा जीवन बीमाको पहुँच विस्तार गरी हरेक नागरिकलाई आर्थिक बचत, मुनाफा र जीवन सुरक्षाको प्रत्याभूति गराउन र समाज समृद्धिको दिशातिर उन्मुख गराउने उद्धेश्यले राष्ट्रिय अभियानको थालनी गरिएको शाखा प्रमुख देवकोटाले बताउनुभयो।

युवासँग महालक्ष्मी लाईफ बिमा जागरण राष्ट्रिय अभियानको केन्द्रिय सदस्य लक्ष्मी के.सी.को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शाखा प्रमुख ब्युँझना पुन देवकोटाले गर्नुभएको थियो । कार्यक्रममा कर्ण बहादूर बि.क.ले सहभागीहरुलाई मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  २१:११
प्रतिक्रिया दिनुहोस्