जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु २ घाइते

बिहीबार, मंसिर २७, २०८१

गए राती जाजरकोटको नलगाड नगरपालिका -३ बासकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

नलगाड नगरपालिकाको कालीमाटी बजारबाट कैना हुँदै कट्के जान लागेको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो बुधवार राती ९ बजे  बासकोटको मोडवाट सडक वाट करिब ८ सय मिटर तल खसेको थियो । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले मृत्यु हुनेमा गाडी चालक इन्द्रजीत थापा, सीलापुन, लक्ष्मी पुन, लक्ष्मी पुनको एक महिनाको छोरा आलोचन रोका, शारदा थापा रहेको बताउनुभयो । जिपमा सवार सात जना मध्य २ जना घाइते रहेको र उनीहरूको नलगाड नगर अस्पताल दल्लीमा उपचार भइरहेको  डाँगीले बताउनु भयो ।  

घाइते मध्य जीवन विक सामान्य उपचार पछि घर पठाइएको र बर्दिया घर भई दिदीको घर आएका जनक थापाको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०७:०२
प्रतिक्रिया दिनुहोस्