पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा तीन जना भिड्दै

शुक्रबार, मंसिर २८, २०८१

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्ष पदका लागी तीन जना उम्मेदवार बिच प्रतिश्पर्धा हुने भएको छ ।
निर्वाचन समितिले अध्यक्षको लागि अमरराज पुन, गोपाल प्रसाद रेग्मी र प्रविर ददेलको उम्मेदवारी कायम रहेको अन्तिम नामावली प्रकाशन गरेको छ ।
अध्यक्ष लगायतको अन्य पदका लागि आज मतदान हुँदैछ।

अध्यक्ष पदका दावेदार पुन समाजवादी प्रेस संगठन, रेग्मी प्रेस सेन्टर र ददेल प्रेस युनियनमा आवद्ध हुनुहन्छ। अध्यक्ष पदमा उम्मेदवार दिनुभएका नारायण ओलीले उम्मेदवारी फिर्ता लिएपछि तीन जना बीच मात्र प्रतिश्पर्धा  हुने भएको हो ।

निर्वाचन समिति सदस्य अधिवक्ता अमर ओलीका अनुसार उपाध्यक्षमा तीन जना र सचिव पदमा दुई जना बीच प्रतिस्पर्धा  हुने भएको छ ।
उपाध्यक्षमा दिवस पोखरेल, देव कुमार ओली र भरत चन्द र सचिवमा दिपेन्द्र महतारा र परिचन्द्र खत्रीको उम्मेदवारी  कायम छ ।

महिला उपाध्यक्षमा सुमित्रा केसी, सह- सचिव खुलामा प्रचण्ड खत्री र  सह-सचिव समावेशीमा छिमा केसी, कोषाध्यक्षमा सन्देश जैसी निर्विरोध हुनुभएको छ ।
त्यसैगरी दलित सदस्यमा क्षितिज विश्वकर्मा र केन्द्रिय परिषद सदस्यमा गणेश विक 'चिन्तन' पनि निर्विरोध हुनुभएको छ।
महिला सदस्य, आदिवासी जनजाति सदस्य, खुला सदस्य, अन्य सदस्य, प्रदेश परिषद सदस्य र प्रदेश समावेशी सदस्यमा गरी ६ पदमा भने कुनै पनि उम्मेदवारी परेको छैन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  ०६:१६
प्रतिक्रिया दिनुहोस्