पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा गोपाल रेग्मी निर्वाचित

शुक्रबार, मंसिर २८, २०८१

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा गोपाल प्रसाद रेग्मी निर्वाचित हुनुभएको छ ।

आज भएको निर्वाचनबाट रेग्मीले २३ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो । कुल ४४ मत खसेकोमा रेग्मीले २३, उहाँका निकटम प्रतिद्वन्दी प्रविर ददेलले १६ र अमर राज पुनले ५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिको कार्यालयले जनाएको छ।

त्यसैगरी उपाध्यक्षमा देवकुमार ओलीले २४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी दिवस पोखरेलले १५ र समाजवादी प्रेस संगठनका भरत चन्दले ४ मत ल्याउनुभएको छ ।

सचिव पदमा २६ मत सहित दिपेन्द्र महतारा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी परिचन्द्र खत्रीले १७ मत पाउनुभएको छ । अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचित तीनैजना प्रेस सेन्टर निकट हुनुहुन्छ।

कुल साधारण सदस्य ६१ जना रहेकामा ४४ मत खसेको थियो भने १ मत बदर भएको थियो । महिला उपाध्यक्ष, खुला सहसचिव, समावेशी सह सचिव, कोषाध्यक्ष र दलित सदस्य पदमा यस अघि नै निर्विरोध भइसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्