कुनाखेत मेला हेर्न गएका घर्तीको शव फेला

सोमबार, पुस १, २०८१

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -२ कुनाखेतमा एक पुरुषको शव फेला परेको छ । 

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ५ हुकाम घर भई हाल रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १ पातुखोला बस्ने ४७ वर्षिय लिला बहादुर घर्तीको शव सोमबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

उक्त स्थानमा यहाँको चर्चित कुनाखेल मेला चलिरहेको छ । केहि दिन अघिबाट खेलकुद लगायतका कार्यक्रम सञ्चालन भएतापनि आज मुख्य मेला लाग्ने गर्दछ । 

मेला हेर्न भनेर गएका घर्तीको शव मेला लाग्ने स्थान भन्दा करिब तीन सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नवराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सानीभेरी किनारमा उक्त शव फेला परेको हो । 

शव फेला परेको सूचना लगत्तै प्रहरी चौकी बाँफिकोटबाट प्रारम्भिक अनुसन्धानको लागि प्रहरी सहायक निरीक्षक बिष्णु चौधरीको कमाण्डमा एक प्रहरी टोली घटनास्थल पुगेको छ भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा अर्को टोली घटनास्थल पुगेको छ । 

घर्तीको मृत्यु के कारणले भएको हो भन्ने बारेमा नखुलेको र अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्