दसैं तिहार मनाएर दाङ झरेका रुकुमका एक युवा अझैसम्म बेपत्ता

मंगलबार, पुस २, २०८१

रुकुम पश्चिमका एक युवा करिब एक महिनादेखि बेपत्ता भएको बताईएको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर ७ सहरे निवासी २० वर्षीय रमित बोहरा गत मंसिर ७ गतेदेखि बेपत्ता हुनुभएको हो । 

रमितका माईला दाई सुजन बोहराले दिनुभएको जानकारी अनुसार महिना दिन पुग्न लाग्दा पनि भाई परिवारको सम्पर्कमा आएका छैनन् । उहाँका अनुसार रमित दाङको घोराहीमा रहेको ग्लोबल ओरेंस प्रा.लि.मा मार्केटिङ क्षेत्रमा काम गर्थे । 

दसैंं तिहार मनाएर गत मंसिर ७ गते कम्पनीको कामको लागि भन्दै रमित घरबाट हिडेको सुजनको भनाई छ । उहाँले भन्नुभयो, ‘७ गते बेलुका म दाङ पुगे भनेर भाईले घरमा खबर गरेको थियो, त्यसपछि परिवारसँग कुनै सम्पर्क छैन ।’ 

भाईको खोजीको लागि दाङ पुगेर उनीले काम गर्ने कम्पनी, साथीभाई, आफन्तजन सबैलाई खबर गर्दा पनि केहि पत्तो नलागेको उहाँले जनाउनुभयो । खोजी कार्यको लागि जिल्ला प्रहरी कार्यालय दाङमा निवेदन समेत पेश गरिएको बताईएको छ । 

बेपत्ता रमितको उचाई ५ फिट ३ ईन्च, तौल अन्दाजी ५८ किलोग्राम र घाँटीमा ट्याटु रहेको छ । उहाँलाई देख्नु हुने वा भेट्नुहुनेले नजिकैको प्रहरी कार्यालय वा उहाँका आफन्तको सम्पर्क नम्वर ९८६६८८२९७० र ९७०४३२३५८१ मा जानकारी गराइदिन अनुरोध गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  ०९:३३
प्रतिक्रिया दिनुहोस्