समाचार प्रभाव

एक महिनादेखि हराएका युवा परिवारको सम्पर्कमा 

मंगलबार, पुस २, २०८१

करिब एक महिनादेखि बेपत्ता रुकुम पश्चिमका एक युवा आज परिवारको सम्पर्कमा आउनुभएको छ ।

सानीभेरी गाउँपालिका वडा नम्वर ७ सहरे निवासी २० वर्षीय रमित बोहरा परिवारको सम्पर्कमा आउनुभएको हो । उहाँ गत मंसिर ७ गतेदेखि बेपत्ता हुनुभएको थियो । 

यस बिषयमा आज बिहान मूलपाटी डटकममा दसैं तिहार मनाएर दाङ झरेका रुकुमका एक युवा अझैसम्म बेपत्ता शिर्षकमा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशनपछि रमित परिवारको सम्पर्कमा आएको उहाँका माईला दाई सुजन बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार रमितले आफू कोहलपुरमा साथीसँग बसेको भन्दै परिवारको सम्पर्कमा आएका छन् । 

दाङको घोराहीमा रहेको ग्लोबल ओरेंस प्रा.लि.मा मार्केटिङ क्षेत्रमा कार्यरत रमित दसैंं तिहार मनाएर गत मंसिर ७ गते कम्पनीको कामको लागि भन्दै रमित घरबाट हिडेको र सोहि दिन साँझबाट सम्पर्कविहिन हुनुभएको थियो । सुजनले भन्नुभयो ‘७ गते बेलुका म दाङ पुगे भनेर भाईले घरमा खबर गरेको थियो, त्यसपछि परिवारसँग सम्पर्क भएन । हामीले जताततै खोजी गर्दा पनि भाई सम्पर्कमा आएनन्, अन्तिम समयमा मिडियामा आएपछि भाई सम्पर्कमा आएका छन् ।’

उहाँका अनुसार मोबाईल हराएकोले परिवारका कसैसँग पनि सम्पर्कमा आउन नसकेको भाईले बताएका छन् । समाचार आएपछि साथीको फेसबुक मार्फत परिवारको सम्पर्कमा आएको उहाँले जनाउनुभयो । केहि दिनमा कोहलपुरबाट घर आउने भाईले बताएको दाई सुजनले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्