रुकुम माओवादीको प्रचार विभागमा पत्रकार मेगराज नियुक्त

बुधबार, पुस ३, २०८१

नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमको प्रचार विभाग प्रमुखमा पत्रकार मेगराज खड्का नियुक्त हुनुभएको छ । पार्टीाको जिल्ला समन्वय समिति सदस्य तथा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य समेत रहनुभएका खड्कालाई मंगलबार बसेको पार्टीको जिल्ला समन्वय समितिको बैठकले जिल्ला पार्टीाको प्रचार विभाग प्रमुखमा नियुक्त गरेको हो । 

बैठकले यही पुस १३ र १४ गते रुकुम पश्चिमका ६ वटै पालिकाहरुमा एकैसाथ अधिवेशन गर्ने समेत निर्णय निर्णय छ । अधिवेशन तयारीस्वरुप पुस ७ गतेभित्र पार्टी सदस्य नविकरणको काम सम्पन्न गर्ने र पुस १० गते जिल्लाका ७३ वटै वडामा भेला आयोजना गरी पालिका अधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय माओवादीले गरेको छ ।

पार्टीका जिल्ला संयोजक गोबिन्द रोका सचिनका अनुसार पालिका अधिवेशनमा नेतृत्व चयनको सम्पूर्ण प्रक्रिया कार्यविधि अनुसार पालिका निर्वाचन समितिले सम्पन्न गर्नेछ । अधिवेशनले बढिमा ५५ सदस्यीय नगर समिति र ४५ सदस्यीय गाउँ समिति चयन गर्नेछ । यसमा ५१ प्रतिशत खुला र ४९ प्रतिशत समानुपातिक प्रतिनिधित्व गराउने कार्यविधिमा उल्लेख छ ।

बैठकले पालिका अधिवेशनको लागि प्रतिनिधि तोकेको छ । आठविसकोटमा केन्द्रीय सदस्य वसन्त कुमार शर्मा, चौरजहारीमा जिल्ला संयोजक गोविन्द रोका सचिन, मुसिकोटमा केन्द्रीय सदस्य गोपाल शर्मालाई प्रतिनिधि तोकिएको छ । यस्तै सानीभेरीमा केन्द्रीय नेता नर बहादुर पुन, त्रिवेणीमा कर्णाली प्रदेश अध्यक्ष विमला केसी र बाँफिकोटमा केन्द्रीय सदस्य महेन्द्र केसीलाई प्रतिनिधि तोकिएको छ ।

पार्टीका जिल्ला संयोजक रोकाको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज वसन्त कुमार शर्मा, केन्द्रिय सदस्य एवम संगठन विभाग प्रमुख गोपाल शर्मा, प्रदेश कमिटी अध्यक्ष बिमला केसी लगायतको आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्