आप्रवासी दिवसमा निबन्ध प्रतियोगिता, भावना प्रथम

बुधबार, पुस ३, २०८१

रुकुम पूर्वको रुकुमकोटमा अन्तराष्ट्रिय आप्रवासी दिवसको अवसरमा खुला निबन्ध प्रतियोगिता संचालन गरिएको छ । सिस्ने गाउँपालिका रुकुम पूर्वको आयोजना र रोजगार सेवा केन्द्रको समन्वयमा बुधवार सिस्ने गाउँपालिकाको सभाहलमा प्रतियोगिता संचालन गरि सम्पन्न गरिएको हो । 

डिसेम्बर १८ लाई अन्तराष्ट्रिय आप्रवासी दिवसको रुपमा मनाईन्छ । सिस्ने गाउँपालिकाले पनि यो दिवसलाई सार्थक बनाउन र बर्तमान अवस्थामा रहेका बैदेशिक रोजगारका चुनौति र अवसरलाई आत्मसाथ गर्दै यसका नकारात्मक प्रभावलाई निरुत्साहित गरि युवाहरुमा श्रम र उत्पादनमा उत्प्रेरित गर्न दिवसको अवसरमा निबन्ध प्रतियोगिताको आयोजना गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो ।

दिवसको अवसरमा आयोजित बैदेशिक रोजगार, अवसर र चुनौति शिर्षकको खुला निबन्ध प्रतियोगितामा भावना बस्नेत प्रथम, जेनिशा बिक दोस्रो, सुवासना केसी तृतिय र प्रिया बुढाथोकी सान्त्वना भएका छन् । प्रतिस्पर्धामा तीन पुरुष र एघार महिला गरि १४ जना सहभागि रहेका थिए । 

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्क्षता र जिल्ला समन्वय समिति उपप्रमुख मोहन बहादुर केसीको प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा पालिका उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकी, पालिकाका कर्मचारी, शिक्षक तथा बिद्यार्थि लगायतको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्