पुलबाट भेरी नदीमा खसेकी किशोरीको सकुशल उद्दार

बिहीबार, पुस ४, २०८१

सुर्खेतमा पुलबाट भेरी नदीमा खसेकी गुर्भाकोट नगरपालिका–१३ की १६ वर्षीया सम्झना बुढालाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ।
परम्परागत रुपमा गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा लाग्दै आएको सुभाघाट मेलाबाट फर्कने क्रम्मा भेरी नदीमाथि रहेको पुलबाट बुढा खसेकी थिइन्।
बुधबार बेलुकी साढे ६ बजे नदीमा खसेकी बुढालाई सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन वेश चिप्लेबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक थिरबहादुर परियारको नेतृत्वमा खटिएको टिमले दुई मिनेटमै सकुशल उद्धार गरेको मेला सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षक जीवनकुमार मल्लले जानकारी दिनुभयो।
हाल मेहलकुना स्थित अस्पतालमा उपचारी जारी रहेकी बुढाको स्वास्थ्य अवस्था सुधार हुँदै गएको मल्लले जानकारी दिनुभयो।
सशस्त्र प्रहरीले पुलनजिकै भेरी नदीको किनारमा क्याम्प बनाएर मेलामा आउने स्थानीयबासीलाई सुरक्षा दिइरहेको छ। भेरी नदीको किनारमा चिसो भए पनि सुरक्षालाई ध्यान दिँदै क्याम्प नै राखेर बसेको मल्लले बताउनुभयो।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्