सोसल मिडिया
रुकुम पूर्वमा किशोर किशोरीमैत्री सूचना केन्द्र स्थापित भै कार्यक्रम लागू भएका जिल्लाहरु मध्ये रुकुम पूर्वको रुक्मिणी माध्यामिक बिद्यालय रुकुमकोट देशभरिमा चौथो भएको छ भने भूमे गाउपालिकाको त्रिबेणि माबि काक्रि उत्कृष्ट १० पर्न सफल भएको छ ।
नेपाल सरकारको आर्थिक सहयोग तथा युएनएफपिए, अष्ट्रेलिएन एड तथा नेपाल परिवार नियोजन संघ र एनएचसिसिको सहयोगमा किशोर किशोरीमैत्री सूचना केन्द्र कार्यक्रमको देशैभरिबाट बिद्यालयहरुमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी किशोर किशोरीलाई शिक्षा, किशोर किशोरीका लागि बिद्यालयमा सूचना केन्द्रको स्थापना र किशोर किशोरीको उक्त केन्द्रमा पहुँच जस्ता बिषयका बिभिन्न सूचकहरुमा मूल्याङ्कन गरिएको थियो । मूल्याङ्कन प्रक्रियामा सहभागि हुन देशभरबाट ७० वटा कार्यक्रम संचालित बिद्यालयले आबेदन भरेका थिए । सोहि बिद्यालयहरुमध्येबाट रुक्मिणि माबि रुकुमकोट र त्रिबेणि माबि काक्री छनौट भै पुरस्कृत भएका हुन ।
उत्कृष्ट रुकुम पूर्वका २ बिद्यालयलाई रुक्मिणि माध्यमिक बिद्यालयको प्राङ्गनमा आज एक औपचारिक कार्यक्रम गरि पुरस्कृत गरिएको छ । चौथो हुने रुक्मिणि माबिलाई २५ हजार नगद सहित सम्माण पत्र र उत्कृष्ट १० मा पर्ने त्रिबेणि माबिलाई प्रशंसा पत्रले सम्माण गरिएको यूएनएफपिए रुकुम पूर्वका प्रतिनिधि भुवन सिह सेजूवालले जानकारी दिनुभएको छ ।
किशोर किशोरीमैत्री सूचना केन्द्र कार्यक्रम संचालन मार्फत बिद्यालयहरुमा किशोर किशोरीहरुको सहजता र हितका लागि प्रजनन स्वास्थ्य, महिनावारी स्वच्छता, बैयक्तिक सरसफाई, किशोरीहरुलाई सेनिटरी प्याड सुबिधा, किशोर किशोरिका समस्यामा अन्तर्क्रिया र सचेतनात्मक कार्यक्रमहरु संचालन हुदै आइरहेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई रुकुम पूर्वका इकाई प्रमुख तिलक गौतमको अध्यक्षता रहेको उत्कृष्ट किशोर किशोरीमैत्री सुचना केन्द्रको सम्मान तथा पुरस्कृत कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठको रहेको थियो भने बिशेष अतिथिहरुमा जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख मोहन बहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको रहेको थियो । विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु विद्यालयका प्रधानाध्यापक, शिक्षक विद्यार्थीहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन नेपाल परिवार नियोजन संघ दाङका शाखा प्रबन्धक बसन्त खनालले गर्नुभएको थियो ।
पुरस्कार राशि तथा सम्मान पत्र अतिथिहरुले रुक्मिणि माविका अध्यक्ष ओम प्रकाश थापा र प्रधानाध्यापक चन्द्रबहादुर मल्लाई साथै त्रिवेणी मावि काँक्रीको सम्मानपत्र र पुरस्कार भूमे गाउँपालिकाका शिक्षा शाखा प्रमुख कौशल कुमार तिवारीलाई हस्तान्तरण गरिएको थियो ।