सोसल मिडिया
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३१ पचभैया स्थित अमरसिद्ध नमुना माध्यमिक विद्यालयमा कम्प्युटर ल्याबको स्थापना गरिएको छ ।
प्रविधिमैत्री भौतिक पूर्वाधार निर्माण मार्फत शैक्षिक गुणस्तर सुधार र प्रविधिमैत्री सिकाइमा पहुँच वृद्धि गर्न कम्प्युटर ल्याब स्थापना गरिएको हो । ग्रामीण युवा सरोकार केन्द्र नेपालले बिसि कार्ड, जिएमई कोरियाको आर्थिक सहयोग तथा चाइल्ड फन्ड कोरियाको साझेदारीमा उक्त ल्याब स्थापना गरेको हो ।
यस अन्तरर्गत विद्यालयलाई २५ वटा कम्प्युटर, २ थान ल्यापटप, एकथान डिजिटल बोर्ड, प्रिन्टर, ३ थान स्मार्ट टिभी, ४ वटा सिसिटिभी क्यामेरा, फर्निचर, कार्पेटिङ, पर्दा, वैकल्पिक ऊर्जाका लागि ब्याकअप ब्याट्री र इन्टरनेट जडान गरिएको ग्रामीण युवा सरोकार केन्द्र नेपालका अध्यक्ष पुस्तक चन्दले जानकारी दिनुभयो । उहाँका अनसार सामान वितरणका अतिरिक्त विद्यालयमा अध्यापनरत शिक्षकहरूका लागि शिक्षण सिकाइ क्रियाकलापमा प्रविधिमैत्री भौतिक पूर्वाधारको महत्व, शिक्षण सिकाई क्रियाकलापमा नविनतम आयामहरु, पेशागत क्षमता अध्यावधिकको महत्व विषयमा तालिम समेत संचालन गरिएको छ ।
उक्त ल्याबको गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सभाका सदस्य खगराज अधिकारीले समुद्घाटन गर्नुभएको हो । समुद्घाटन कार्यक्रममा बोल्दै अधिकारीले प्राप्त प्रविधिको उचित रुपमा प्रयोग गर्नको लागि आग्रह गर्नुभयो । पछिल्लो समयमा विद्यालयको शैक्षिकस्तर सुधार गर्नको लागि प्रविधिको प्रयोग अनिर्वाय भएकोले प्राप्त सहयोग पश्चात विद्यालयको शैक्षिकस्तर थप वृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा अमरसिद्ध नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर भुजेलले आइसिटी ल्याव स्थापनाले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय सहयोग पुर्याउने बताएउनुभयो । उहाँले प्रविधिले सिकाइलाई द्रुत, प्रभाकारी, आकर्षक र पहुँच विस्तारमा सहयोग पुयाउँने, गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर मिल्ने, यसले व्यक्तिगत आवश्यकता अनुसारको सिकाइ, जीवनोपयोगी शिक्षा र ज्ञानको पहुँचलाई सहज बनाउँने, अनलाइन फोरमहरू, समूह च्याट, र भर्चुअल कक्षाहरू संञ्चालनका लागि विद्यार्थी र शिक्षकलाई सहज हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुरारी कोइरालाले प्रविधिको प्रयोगले विद्यार्थीहरूलाई रचनात्मक र नव प्रवर्तनात्मक सोच बनाउने, डिजिटल उपकरणहरूको माध्यमबाट विद्यार्थीहरूले आफ्ना विचारहरू रचनात्मक ढंगले प्रस्तुत गर्न सक्ने बताउनुभयो ।
तत्कालिन प्रधानाध्यापक विष्णु प्रशाद पौडेलले प्रविधिमैत्री शिक्षाले विद्यार्थीहरूलाई डिजिटल साक्षरता, कोडिङ, डेटा विश्लेषण र कृत्रिम बुद्धिमत्ता जस्ता सिप सिक्न अवसर दिने हुँदा भविष्यमा रोजगारका लागी महत्त्वपूर्ण हने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिक्षामा प्रविधि समावेश गर्न अभिभावक र समुदायका अगुवा सदस्यहरूको मानसिकता परिवर्तन गर्नुपर्ने नत्र परम्परागत सोचले प्रविधिमैत्री शिक्षामा अवरोध पु¥याउँनेमा जोड दिनुभयो ।
कार्यक्रममा ग्रामीण युवा सरोकार केन्द्रका अध्यक्ष पुस्तक चन्दले शिक्षण सिकाई क्रियाकलाप प्रविधिमैत्री शिक्षामा आधारित बनाउनुपर्ने, सबै खाले विकासले शैक्षिक प्रणालीलाई प्रभाव र्पो भएकोले त्यससित एकाकार भएर नहिँडे देश पछिपर्ने बताउनुभयो । देशलाई नै एक प्रतिस्पर्धी र परिवर्तनशील राष्ट्रको रूपमा स्थापित गराउन प्रविaधिमैत्री शिक्षा अनिवार्य रहेको उहाँले जोड दिनुभयो ।
प्रविधिमैत्री शिक्षा खालि शिक्षाको प्रवर्धनका लागि मात्र नभएर सम्पूर्ण समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा पनि महत्त्वपूर्ण भएको र यसको सुनिश्चित गर्न सबै सरोकारवालाले मिलेर काम गर्नुपर्ने, प्रविधिमैत्री शिक्षा नेपालमा एक वास्तविकता बनेर भविष्यको पिँढीलाई उज्यालो र समृद्ध जीवनका लागि तयार पार्न हुने उहाँको भनाई रहेको छ ।