सोसल मिडिया
भक्तपुरको बालकोटमा बाबुछोरा मृत फेला परेको घटनामा फरार रहेका जेठा छोरा पक्राउ परेका छन् ।
सूर्यविनायक नगरपालिकास्थित बालकोटको एक घरमा ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण मृत फेला परेका थिए ।
बाहिरबाट ताल्चा लगाइएको दुई फरक कोठामा उनीहरूको शव भेटिएको तथा जेठा छोरा मिलन आचार्य फरार रहेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । जेठा छोरालाई आज प्रहरीले महाराजगञ्जबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले जेठा छोराले नै बुवा र भाइको हत्या गरेको स्वीकार गरेको जनाएको छ । बुवा र भाइको हत्यापछि मिलनले आत्महत्या प्रयास समेत गरेको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।