सोसल मिडिया
रुकुम पश्चिममा रुखबाट लडेर गम्भिर घाईते भएका एक युवाको उपचारको लागि आर्थिक सहयोगको याचना गरिएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर १३ गोठखोला निवासी श्यामलाल कामीका २३ वर्षीय छोरा पुर्णबहादुर बिकको उपचारमा आर्थिक अभाव भएको हो । पुस ३ गते घाँस काट्न गएको बेला रुखबाट लडेर पुर्णबहादुरको दुबै खुुट्टा, हात र टाउकोमा गम्भिर चोट लागेको छ ।
घाईते पुर्णबहादुरका भिनाजु भरतकुमार बिकका अनुसार अहिले घाईतेलाई नेपालगञ्जस्थित सन्तोष न्यु लाईफ केयर हस्पिटलमा उपचारको लागि भर्ना गरिएको छ । उहाँको दुबै खुट्टा र एक हात भाँचिएको छ भने टाउकोमा पनि गम्भिर चोट रहेको छ ।
घाईते पुर्णबहादुरको आर्थिक अवस्था कमजोर रहेको र उपचारको लागि धेरै रकम लाग्ने भएकोले सहयोगको लागि अपिल गरिएको छ । घाईतेका भिनाजु भरतले मनकारी व्यक्तिहरुको सहयोगबाट पुर्णबहादुरको ज्यान बचाउन सकिने भएकोले सहयोगको याचना गरिएको बताउनुभयो ।
घाईते पुर्णबहादुरको सहयोगको लागि भरतकुमार बिकको नाममा लक्ष्मी सनराईज बैंकमा रहेको खाता नम्वर ०७७०७३२६८५२०५०००२ मा रकम जम्मा गर्न सकिने वा घाईतेका भिनाजुको मोबाईल नम्वर ९८४१८९२३७३ मा सम्पर्क गर्न सकिने बताईएको छ ।