Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
हिम पहिरो

मुस्ताङमा ठूलो हिम पहिरो, केही मानिस घाइते

घाइतेलाई उद्धार गरेर जोमसोम लैजाने तयारी
२०७८ कार्तिक २८
tribeni2

मुस्ताङ / मुस्ताङको कोवाङमा हिम पहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा निकै ठूलो हिम पहिरो गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको र भागाभाग हुँदा केही मानिस घाइते भएका उहाँले बताउनुभयो । मुस्ताङको सदरमुकाम जोमसोमबाट १९ किलोमिटर बेनीतर्फको एक हिमालबाट पहिरो खसेको अधिकारीले बताउनुभयो ।

अहिले घाइतेलाई उद्धार गरेर जोमसोम लैजाने तयारी भइरहेको छ । पहिरोका कारण केही जनावर मरेकाे हुन सक्ने उहाँले बताउनुभयो । पहिरो खसेपछि अहिले खोला केही बढेको र वरपरका गाउँमा सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।  

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १६:११
प्रतिक्रिया दिनुहोस्