तुल्सिपुरबाट रुकुम आउँदै गरेको ट्रक दुर्घटना, चालक र सहचालक घाईते

बुधबार, पुस १०, २०८१

राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -६ गणेशमोड नजिकै काप्रोपानीमा मालवहाक मिनि ट्रक दुर्घटना भएको छ । ट्रक दुर्घटनामा परेर दुई जना घाईते भएका छन् । 

दाङको तुल्सिपुरबाट रुकुम पश्चिमको सोलाबाङतर्फ आउँदै गरेको लु २ ख ४१६४ नम्बरको ट्रक बुधबार बिहान काप्रोपानीमा दुर्घटना भएको हो । 
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले दुर्घटनामा परेर ट्रकचालक र सहचालक घाईते भएको जानकारी दिनुभयो । 
घाइते हुनेमा सल्यानको त्रिवेणी गाउँपालिका ६ लुहामका २८ बर्षीय चालक जनक केसी र रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ३ का २६ वर्षीय सह चालक डिल्ली ओली रहेको प्रहरीले जनाएको छ । घाईते चालकको अवस्था गम्भीर रहेको बताईएको छ । 

चालक केसीलाई त्रिवेणी गाउँपालिका अस्पतालमा  सामान्य उपचारपछि नेपालगन्ज रेफर गरिएको छ । चालकको टाउकोमा गम्भीर चोट लागेको  बताईएको छ भने सहचालक ओलीको ढाड र खुट्टामा चोट लागेको  छ । 

ओरालो सडकमा तीब्र गति रहेको ट्रकको ईस्टेरिङ फेल हँुदा दुर्घटना भएको बताईएको छ । ट्रक सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
ट्रकमा चालक र सह चालकसहित २ जना रहेका थिए । ट्रक दुर्घटना हुँदा लाखौ मूल्य बराबरको पसलको सामानमा समेत क्षती पुगेको छ । 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्