मुसिकोटको धार्मिक वनमा आगलागी

बुधबार, पुस १०, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -५  थर्पुस्थित धार्मिक सामुदायिक महिला वनमा आगलागी भएको छ ।  बुधबार दिउँसो वनमा आगलागी भएको हो । 
आगलागी पश्चात मुसिकोट नगरपालिकाबाट गएको नगर प्रहरी टोली र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रण गरिएको नगर प्रहरी सहायक निरिक्षक उमेश केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार आगलागीको कारण खुलेको छैन । आगलागीबाट विभिन्न बोट बिरुवाहरु जलेर नष्ट भएका छन् ।क्षतिको विवरण भने संकलन गर्न बाँकि रहेको बताईएको छ । 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्