जाजरकोटमा आज बिहानै ४.२ रेक्टर स्केलको भूकम्प

बिहीबार, पुस ११, २०८१

जाजरकोटमा आज बिहानै भूकम्प गएको छ ।

आज बिहान ६ बजेर ३६ मिनेमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

२०८० कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिमका १५३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्