नेभिगेशन
राजनीति

प्रेस सेन्टर रुकुम पश्चिमको अध्यक्षमा मनिष खड्का चयन

प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको जिल्ला अध्यक्षमा मनिष खड्का चयन हुनुभएको छ ।

बिहिबार मुसिकोटमा भएको प्रेस सेन्टरको छैठौ जिल्ला सम्मेलनले खड्काको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । 

सम्मेलनबाट खुला उपाध्यक्षमा दिपेन्द्र महतारा, महिला उपाध्यक्षमा गंगा बिसी, सचिवमा सत्य बटाला चयन हुनुभएको छ । त्यसैगरी खुला सह सचिवमा बलेन्द्र ओली, समाबेशी सह सचिवमा ज्ञानी खड्का र कोषाध्यक्षमा सुनिल बुढा मगर चयन हुनुभएको छ । 

सदस्यहरुमा प्रेम कुसारी, बलहादुर खत्री, ईतिहास परियार, हिमाली बुढा सर्वसम्मत चयन भएको नवनिर्वाचित अध्यक्ष खड्काले जानकारी दिनुभयो । 

471331065_10232705528253265_3236780198441803711_n-1735209190.jpgनेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बसन्त शर्माको प्रमुख आतिथ्यता र प्रेस सेन्टरका जिल्ला अध्यक्ष देवकुमार ओलीको अध्यक्षतामा भएको सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला संगठन विभाग प्रमुख गोपाल शर्मा, कर्णाली प्रदेश कमिटी अध्यक्ष बिमला केसी, जिल्ला संयोजक गोबिन्द रोका, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य, जिल्ला ईन्चार्ज तथा पार्टीको प्रचार विभाग प्रमुख मेगराज खड्का, प्रेस सेन्टर नेपालका कर्णाली प्रदेश कमिटीका कोषाध्यक्ष तथा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गोपाल रेग्मीको आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति