जन्मदिनको अवसरमा विपन्न व्यक्तिको उपचारमा सहयोग

बिहीबार, पुस ११, २०८१

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रथम नगर प्रमुख बिशाल शर्माले आफ्नो जन्मदिनको अवसरमा गरिब तथा असाहय परिवारका बिरामीलाई उपचारको लागि सहयोग गर्नुभएको छ ।

शर्माले आज परेको आफ्नो जन्मदिनको अवसरमा चौरजहारी नगरपालिका -२ निवासी असाहय तथा अपांगता हुनुभएकी चन्द्रा परियारको १४ वर्षीया छोरी बिना बिकको उपचारको लागि पाँच हजार रुपियाँ सहयोग गर्नुभएको हो । 

लडेर घाईते हुँदा बिनाको शरिरको तल्लो भागमा समस्या रहेको छ । चौरजहारी अस्पतालमा सामान्य उपचारपछि हिजो मात्रै थप उपचारको लागि उहाँलाई सुर्खेत रिफर गरिएको छ । 

उहाँको उपचारमा सहयोग होस् भनेर वडा नम्वर २ को कार्यालयमा बिरामीको आमा चन्द्रालाई सहयोग हस्तान्तरण गर्नुभएको वडा अध्यक्ष बिर बहादुर रानाले जानकारी दिनुभयो । शर्माले अन्य अवस्था र जन्मदिनको अवसरमा हरेक वर्ष समाजमा अत्यन्त कठिन जीवन बिताईरहेका गरिव, विपन्न, अशक्त तथा असहायहरुलाई सहयोग गर्दै आउनु भएको छ। 

जन्मदिनमा फजुल गर्ने चलनलाई तोड्दै शर्माले बिरामीको उपचारमा सहयोग गर्नुभएको हो ।  

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्