Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ब्लड क्यान्सर पीडित सल्यानका एक युवाको भारतमा मृत्यु

२०७८ कार्तिक २८
tribeni2

सल्यानको कुमाख गाउँपालिका ४ नम्वर वडा टिकाचौरका एक युवाको भारतमा मृत्यु भएको छ । ब्लड क्यान्सरबाट पीडित २९ बर्षका पुष्प नेपालीको उपचारको अभावमा हिजो शनिबार भारतको पन्जावमा निधन भएको हो ।

पुष्प चार बर्ष देखि ब्लड क्यान्सरबाट पीडित रहेको उहाँका बुवा रगे बादिले बताउनुभयो । पुष्पको घरको आर्थिक अवस्था कमजोर भएकोले भारतमा ज्यालादारी गर्दै उपचार खर्चको जोहो गर्दै आएका थिए ।

हाल सम्म उपचारको लागि ८ लाख रकम खर्च भएको, बाँकि खर्च रकम नहुँदा पुष्पको निधन भएको बुवा रगे बादीले उल्लेख गर्नुभयो । पुष्पका बुवाआमा, एक श्रीमती, १ छोरा, १ छोरी हुनुहुन्छ ।

छोराको कलिलो उमेरमै उपचार अभावमा मृत्यु भएको र नाबालक नातिनातिनीको भविष्यको चिन्ता रहेको उहाँले बताउनुभयो । छोराको उपचारको लागि भएको जायजेथा बेचिएको र नाबालक नातिनातिनीको लापनपालनमा समस्या हुने समेत उहाँले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्