सोसल मिडिया
आज नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले जिल्लाका ६ वटै पालिकामा एक साथ अधिवेशन सुरु गर्ने भएको छ ।
आज शनिबार सुरु भएर र भोलीसम्म चल्ने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको र अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने माओवादी केन्द्रले जनाएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख मेगराज खड्काले तीन नगरपालिका र तीन गाउँपालिकामा सहज र विधिसम्मत तरिकाले अधिवेशन सम्पन्न हुने जानकारी दिनुभयो । एकै मितिमा उत्सवका रुपमा अधिवेशन आयोजना भएको र एक साथ नयाँ नेतृत्व आउने उहाँको भनाई छ ।
अधिवेशन मार्फत सात पदाधिकारीसहित गाउँ कमिटी ४५ जनाको र नगर कमिटी ५५ जनाको हुने बताईएको छ ।
माओवादीले पालिका अधिबेशन पहिलो पटक निर्वाचन प्रक्रियाबाट सम्पन्न गर्न लागेको हो । यसको लागि पार्टीले पालिका अधिबेशन कार्यविधी, २०८१ निर्माण गरेको थियो ।