नेभिगेशन
समाज

जनप्रतिनिधिद्वारा वडामा कार्यरत कर्मचारीलाई सम्मान

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर २ ले वडामा कार्यरत दुई जना कर्मचरीहरुलाई सम्मान गरेको छ । 

शुक्रबार वडा कार्यालयमा एक कार्यक्रमका बिच कार्यालय सहायक कमान सिं नाथ र कार्यालय सहयोगी चन्द्र कुमारी केसीलाई सम्मान गरिएको हो । 

वडा अध्यक्षसहितका अन्य जनप्रतिनिधि र कर्मचारीहरुले नाथ र केसीलाई सम्मान पत्र, दोसल्ला र अबिर लगाएर सम्मान गर्नुभएको हो ।

वडा कार्यालयमा निरन्तर नियमित र अनुशासित भएर उत्कृष्ट कार्य सम्पादन गरेकोले वडाको सम्पूर्ण परिवारको तर्फबाट सम्मान गरिएको वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो । उहाँले सम्मान कार्यले कर्मचारीहरुमा थप उर्जा बढ्ने र प्रोत्साहन मिल्ने विश्वास लिईएको जनाउनुभयो ।

471648328_3130466690438203_3880197702100199927_n-1735375873.jpg

471499754_3130466753771530_3940282961792262149_n-1735375872.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज