सानीभेरीमा वन क्षेत्र अतिक्रमण गरी बनाईएका पाँच घर भत्काईयो

शनिबार, पुस १३, २०८१

रुकुम पश्चिममा वन क्षेत्र अतिक्रमण गरेर बनाईएका पाँच वटा घर टहरा भत्काईएको छ । 

डिभिजन वन कार्यालय अन्तर्गत चौफा सब डिभिजन वन कार्यालयले सानीभेरी गाउँपालिका १० स्थित दुई सामुदायिक वन क्षेत्रमा बनाईएका घर टहरा हटाएको हो । 

डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारका अनुसार मझाउ सामुदायिक वन उपभोक्ता समुह र चिउरीगैरा सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र अतिक्रमण गरेर बनाईएका पाँच वटा घरटहरा भत्काईएको हो ।

अतिक्रमित घर हटाएर वन क्षेत्र कायम गरिएको हो । उहाँले सब डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समुह, जनप्रतिनिधिहरुको रोहवरमा घर भत्काईएको बताउनुभयो ।

डिभिजन वन कार्यालयले वन क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका विभिन्न संरचनाहरु हटाउने र वन क्षेत्र बिस्तारको अभियानलाई तिब्रता दिने जनाएको छ । 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्