Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रोल्पामा सुरक्षीत सुत्केरी अभियान

रोल्पा, २५ फागुन
tribeni2

 

रोल्पाको एक वडाले घरमा हुने सुत्केरीलाई शून्य बनाउने अभियान थालनी गरेको छ । लुङ्ग्री गाउँपालिका–१ ले यस्तो अभियानको थालनी गरेको हो । अभियानमा तथ्याङ्क सङ्कलन, निमन्त्रणा कार्ड वितरणलगायतका काम गरिने बताइएको छ ।

अभियानमा बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना पनि जोडिने स्वास्थ्य सहायक दामोदर सुवेदीले जानकारी दिए । आर्थिक वर्ष ०७०÷०७१ मा सो वडाका पाँच जनाले मात्रै स्वास्थ्य संस्थामा प्रसूति गराएकोमा आर्थिक वर्ष ०७४÷०७५ मा सो सङ्ख्या ८६ र चालू आवको हालसम्म ९७ पुगेको सुवेदीले जानकारी दिए ।

घरमा हुने सुत्केरीले सुरक्षित मातृत्वमा असर गरिरहेकाले स्वास्थ्य संस्थामा पुगेर गराउने प्रसूतिलाई अभियानको रुपमा थालनी गरेका उनको भनाइ थियो । 

अभियानलाई जनप्रतिनिधि, राजनीतिक दल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, युवा क्लबलगायतले सहयोग गर्ने अपेक्षा गरेको वडाध्यक्ष मति पुनले बताए ।

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  १०:०३
प्रतिक्रिया दिनुहोस्