रुकुमका चार पालिकामा माओवादीको नयाँ नेतृत्व चयन, चौरजहारीमा विवाद

सोमबार, पुस १५, २०८१

नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमका चार पालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । 

पालिकामा अधिवेशन मार्फत जिल्लाको मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका, त्रिवेणी गउँपालिका र बाँफिकोट गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो । 

पार्टीका कर्णाली प्रदेश कमिटी सदस्य एवम् सानीभेरी गाउँपालिका इन्चार्ज धनविर ओलीका अनुसार सानीभेरीमा धर्मबहादुर पुनको अध्यक्षतामा नयाँ कमिटी चयन भएको छ । उपाध्यक्षमा इन्दिरा ओली, दिपक बाँठा र बिरसिं बिक, सचिवमा बालकृण्ण बिक, सहसचिवमा बाल कुमार नकाल र कोषाध्यक्षमा चक्र केसी चयन हुनुभएको ओलीले जानकारी दिनुभयो । सानीभेरीमा ४५ सदस्यीय पालिका कमिटी चयन भएको छ ।

त्यसैगरी मुसिकोटमा भएको तेस्रो सम्मेलनबाट दलबहादुर खड्का पुनः अध्यक्षमा चयन हुनुभएको छ । सम्मेलनले  खड्काको नेतृत्वमा ६ जना पछि थप्ने गरी ५५ सदस्यीय  नयाँ नगर समिति निर्माण गरेको माओवादी केन्द्र मुसिकोटले जनाएको छ । जसको उपाध्यक्षमा दिपक केसी, धनबहादुर खड्का, चम्फा परियार, सचिवमा नारायण केसी, सहसचिवमा चन्द्रबहादुर केसी र कोषाध्यक्ष कमला बुढा चयन हुनुभएको छ । सबै पदाधिकारी सर्वसम्मत चयन गरिएको हो ।

त्रिवेणी गाउँपालिकामा पनि मोहन किशोर ओलीको अध्यक्षतामा गाउँ कमिटी चयन भएको छ । जसको उपाध्यक्षमा चन्द्र बहादुर खड्का, राजेन्द्र पुन र रण बहादुर पुन, सचिवमा बिर बहादुर डाँगी, सहसचिव लक्ष्मण बिक र कोषाध्यक्षमा निर्मला बुढाथोकी चयन हुनुभएको छ । 

त्यस्तै बाँफिकोट गाउँपालिकामा दक्ष पुनको अध्यक्षमा पालिका कमिटी चयन गरिएको छ । जसको उपाध्यक्षमा शौरभ केसी, मनकला पुन र हरि बिक, सचिवमा तुल देवकोटा, सहसचिव जय बहादुर मल्ल र कोषाध्यक्षमा देउसरा केसी चयन हुनु भएको छ ।

चौरजहारीमा विवाद

चौरजहारीमा भने विवाद देखिएको छ । निर्वाचन समितिले आज प्रक्रिया पुर्याएर मतदान हुने तालिका सार्वजनिक गरेको छ भने चौरजहारी नगर कमिटी संयोजक सुदास स्वर्णकारले विज्ञप्ती निकालेर आन्तरिक विवादका कारण स्थगित भएको जनाउनुभएको छ । निर्वाचन समिति संयोजक विरेन्द्र विएमका अनुसार आज १२ बजे देखि मतदान गरिने कार्यतालिका रहेको छ ।

जिल्लाको आठविसकोटमा बन्द शत्र चलिरहेको जिल्ला समन्वय समिति संयोजक गोविन्द रोकाले जानकारी दिनुभएको छ । नेतृत्व सहमतिमै चयनका लागि छलफल भईरहेको छ । 

जिल्ला समन्वय समितिले नया कार्यविधी बनाएर एकै साथ ६ वटै पालिकामा अधिवेशन सुरु गरेको थियो । 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्