सोसल मिडिया
नेकपा (माओवादी केन्द्र) चौरजहारी रुकुम पश्चिमको नगर कमिटी अध्यक्षमा सुन्दर शर्मा निर्वाचित हुनुभएको छ ।
नगर कमिटीको तेस्रो सम्मेलनबाट शर्माको नेतृत्वमा ५५ सदस्यीय नगर कमिटी चयन भएको हो । बुधबार भएको मतदानबाट शर्माले ४१ मत ल्याएर नगर कमिटी अध्यक्ष पदमा निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक बिरेन्द्र बिएमले जानकारी दिनुभयो । उहाँका प्रतिद्वन्द्वी सुदास स्वर्णकारले १ मत प्राप्त गर्नुभएको छ ।
त्यसै गरी सचिवमा अर्जुन कुमाल निर्वाचित हुनुभएको छ । कुमालले ४१ मत ल्याउदा उहाँका प्रतिद्वन्द्वी अम्मरसिंह केसीले १ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
नगर कमिटीको अन्य पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा महेश स्वर्णकार, पवित्रा गिरी र लोकेन्द्र परियार चयन हुनुभएको छ भने सहसचिवमा समिर केसी र कोषाध्यक्षमा लोकेन्द्र देवकोटा चयन हुनुभएको छ ।
गत शनिबार सुरु भएको नगर सम्मेलन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको हो ।