रुकुम पश्चिमका ६ वटै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व (पदाधिकारीहरुको विवरण)

बिहीबार, पुस १८, २०८१

नेकपा (माओवादी केन्द्र) रुकुमपश्चिमले जिल्लाका छ वटै पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । 

पालिकामा अधिवेशनमार्फत जिल्लाको मुसीकोट नगरपालिका, सानीभेरी गाउँपालिका, त्रिवेणी गउँपालिका र बाँफिकोट गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो भने आठबिसकोट र चौरजहारी नगरपालिकामा मतदान मार्फत नेतृत्व चयन भएको हो ।  

नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोकाका अनुसार मुसीकोटमा भएको तेस्रो सम्मेलनले दलबहादुर खड्काको नेतृत्वमा छ सदस्य पछि थप्ने गरी ५५ सदस्यीय नयाँ नगर कमिटी चयन भएको छ । जसको उपाध्यक्षमा दिपक केसी, धनबहादुर खड्का, चम्फा परियार, सचिवमा नारायण केसी, सहसचिवमा चन्द्रबहादुर केसी र कोषाध्यक्ष कमला बुढा चयन हुनुभएको छ । 

त्यसैगरी सानीभेरीमा धर्मबहादुर पुनको अध्यक्षतामा नयाँ कमिटी चयन भएको छ । उपाध्यक्षमा इन्दिरा ओली, दिपक बाँठा र बिरसिं बिक, सचिवमा बालकृष्ण बिक, सहसचिवमा बाल कुमार नकाल र कोषाध्यक्षमा चक्र केसी चयन हुनुभएको छ । सानीभेरीमा ४५ सदस्यीय पालिका कमिटी चयन भएको छ ।

त्रिवेणी गाउँपालिकामा मोहन किशोर ओलीको अध्यक्षतामा गाउँ कमिटी सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्षमा चन्द्र बहादुर खड्का, राजेन्द्र पुन र रण बहादुर पुन, सचिवमा बिर बहादुर डाँगी, सहसचिव लक्ष्मण बिक र कोषाध्यक्षमा निर्मला बुढाथोकी चयन हुनुभएको छ । 

त्यसैगरी बाँफिकोट गाउँपालिकामा दक्ष पुनको अध्यक्षमा नयाँ पालिका कमिटी चयन गरिएको छ । जसको उपाध्यक्षमा शौरभ केसी, मनकला पुन र हरि बिक, सचिवमा तुल देवकोटा, सहसचिव जय बहादुर मल्ल र कोषाध्यक्षमा देउसरा केसी चयन हुनु भएको छ ।

आठबिसकोटमा मतदान मार्फत मनिराज बटालाको अध्यक्षतामा नेतृत्व चयन भएको छ । यहाँ अध्यक्ष, उपाध्यक्ष र सहसचिव पदका लागि निर्वाचन भएको थियो । उपाध्यक्षमा खुम्बे कुसारी, सिता शाह र टेकबहादुर थापा विजयी हुनुभएको छ भने सहसचिवमा खुमराज ओली विजयी हुनुभएको छ  ।  सचिवमा दलजित विक र कोषाध्यक्षमा रुपा विक निर्विरोध निर्वाचित हुनुभएको हो । 

चौरजहारी नगर कमिटीको अध्यक्ष र सचिव पदमा पनि मतदान मार्फत नेतृत्व चयन भएको छ । बुधबार राती सार्वजनिक गरिएको मत परिणाम अनुसार अध्यक्षमा सुन्दर शर्मा निर्वाचित हुनुभएको छ । जसको उपाध्यक्षमा महेश स्वर्णकार, पवित्रा गिरी र लोकेन्द्र परियार चयन हुनुभएको छ भने सचिवमा अर्जुन कुमाल निर्वाचित, सहसचिवमा समिर केसी र कोषाध्यक्षमा लोकेन्द्र देवकोटा चयन हुनुभएको छ ।  

माओवादी केन्द्रको जिल्ला समन्वय समितिले कार्यविधी बनाएर १३ गतेबाट एकै साथ जिल्लाका छ वटै पालिकामा अधिवेशन सुरु गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्