Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अनलाईन मार्फत ठगि गर्ने रुकुमका एक युवा 'प्रहरी खोरमा'

२०७८ कार्तिक २९
tribeni2

काठमाडौ / अनलाईनको दुरुपयोग गरेर बिभिन्न व्यक्तिहरुलाई लाखौ रकम ठगि गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

WhatsApp प्रयोगकर्ताहरुको मोबाइलमा सम्पर्क गरी विभिन्न व्यक्तिहरुलाई ठग्दै आएका रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका रन्मामैकोट घर भई हाल नेपालटार काठमाडौ बस्ने २३ बर्षका विकाश गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विकासले WhatsApp प्रयोगकर्ताहरुको मोबाईलमा सम्पर्क गरी चिठ्ठा परेको छ, बिदेशबाट सामान पार्सल गरी आएको छ भनेर रकम र सामान लिदा कर तिर्नुपर्ने भन्दै लाखौ रकम ठगि गरेको प्रहरीको भनाई छ । उनको साथबाट नगद १९ लाख ६० हजार रकम बरामद गरेको समेत प्रहरीले जनाएको छ ।

बिदेशबाट आएको पार्सल लिन र चिठ्ठा परेको रकम दाबी गर्न कर तिर्नुपर्ने भन्दै उनले विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाई ठगी गर्दै आएको अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा उनलाई काठमाडौको गौरीधाराबाट ठगि गरेको रकम सहित कार्तिक २६ गते पक्राउ गरिएको र अहिले अनुसन्धानको लागि महानगरी प्रहरी परिसर राखिएको बताईएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १३:११
प्रतिक्रिया दिनुहोस्