सोसल मिडिया
रुकुम पूर्व/प्रेस सेन्टर नेपाल रुकुम पूर्वि भागको दोस्रो सम्मेलन सम्पन्न भएको छ । आज रुकुमकोटमा भएको दोस्रो जिल्ला सम्मेलन जयमान बुढाको नेतृत्वमा नयाँ समिति गठन गर्दै सम्पन्न भएको हो ।
सम्मेलनले बुढामगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको छ । जसको उपाध्यक्षमा शिखर विश्वकर्मा र निमा पुन, सचिवमा हिक्मत पोर्तेल, सह–सचिवमा विशाल घर्ती मगर र विकास बुढा मगर, र कोषाध्यक्ष श्रीधर खड्का चयन हुनुभएको हो ।
सदस्यहरुमा निराजन विक, सामना घर्ती, लोक बहादुर बुढाथोकी, तेजेन्द्र शेर्पाली र प्रीया बुढाथोकी चयन हुनुभएको छ । साथै दुर्गा विश्वकर्मा, आशकुमारी रोका, शेषकुमारी सुनार, धनमाया पुन र ममता नेपाली पनि सदस्यमा चयन भएको प्रेस सेन्टर रुकुम पुर्वले जनाएको छ ।
निवर्तमान अध्यक्ष सर्जना कार्कीको अध्यक्षतामा भएको उक्त सम्मेलनको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य पुर्णबहादुर घर्तीको प्रमुख आतिथ्यता रहेको थियो भने माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज तेजबहादुर ओली, प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह विक, माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बराल लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रमको संचालन सेन्टरका जिल्ला सदस्य अमर खत्रीले गर्नुभएको थियो ।