नेपालगञ्जको मानव सेवा आश्रममा रुकुमका सुन्तला नि:शुल्क वितरण 

शुक्रबार, पुस १९, २०८१

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका -१३ मा रहेको मानव सेवा आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई सुन्तला वितरण गरिएको छ । 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -५ घर भई हाल नेपालगञ्जमा होटेल व्यवसाय गर्दै आउनुभएका प्रताप शाहीले आश्रममा निःशुल्क सुन्तला वितरण गर्नुभएको हो । शाहीले रुकुम पश्चिमको आठबिसकोट ५ मा रोयल कृषि फर्म समेत सञ्चालन गर्नुभएको छ । सोहि फर्ममा उत्पादन गरिएका आर्गानिक सुन्तलाहरु आश्रममा रहेका बुढा बाआमाहरुलाई वितरण गरिएको शाहीले जानकारी दिनुभयो । 

‘जसका कोहि छैनन् र जसको केही छैन, उनैको सेवामा समर्पित’ भएर करिब ६० जना जेष्ठ नागरिकहरुलाई प्रतिव्यक्ति एक किलो सुन्तला उपलब्ध गराईएको शाहीले बताउनुभयो । 

मानव सेवा आश्रमका रहनुभएका बृद्ध बाआमाहरुलाई आफ्नै फर्ममा उत्पादन गरिएका सुन्तला वितरण गर्न पाउँदा आफुलाई निकै खुसी र आनन्द लागेको शाहीले बताउनुभयो । 

सुन्तला वितरण कार्यक्रममा मानव सेवा आश्रमका संस्थापक उर्बिन सापकोट, राजन शाही, नमराज सापकोटा लगायतका उपस्थिति रहेको थियो । 

मनकारी शाहीले विभिन्न समयमा आर्थिक अवस्था कमजोर भएका, पैसाको कारण उपचारबाट बञ्चित भएका व्यक्तिहरुलाई आर्थिक सहयोग गर्दै आउनुभएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  २०:१९
प्रतिक्रिया दिनुहोस्