रुकुमबाट सुत्केरी महिलाको हवाई उद्धार

आइतबार, पुस २१, २०८१

रुकुम पश्चिमबाट एक जना सुत्केरी महिलाको उद्धार गरिएको छ । 

रक्तश्रावको कारण गम्भिर अवस्थामा रहेकी सुत्केरी महिलालाई आईतबार हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेत लगिएको छ ।  प्रमुख जिल्ला अधिकारी कुल बहादुर जीसीका अनुसार आठबिसकोट नगरपालिका २ खदीकी २४ वर्षीया धनमाया बुढाको उद्धार गरिएको हो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत नेपाली सेनाको हेलीकोप्टर प्रयोग गरेर उद्धार गरिएको हो । 
आठबिसकोट नगरपालिका २ स्थित स्यालाखदी स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको हो । सुत्केरीको स्वास्थ्य अवस्गा गम्भिर हुँदै गएपछि हेलीकोप्टरबाट उद्धार गरिएको हो । 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्