Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खलंगामा सिटी बजाउँदै विप्लवका कार्यकर्ता

२०७८ कार्तिक २९
tribeni2

रुकुम पश्चिम / नेपाल आयल निगमले इन्धनको भाउ बढाएको बिरोधमा देशव्यापी दवावमुलक कार्यक्रम गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहले आज दिउँसो रुकुम पश्चिममा सिठ्ठी जुलुस निकालेको छ ।

निगमले एलपी ग्यास, पेट्रोल लगायत सबै खालका इन्धनको मूल्यवृद्धि गरेपछि प्रदर्शन हुँदै आएको छ । सोही क्रममा आज नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले सिठ्ठी जुलुस निकालेर विरोध गरेको हो ।

नेकपाका जिल्ला सचिवालय सदस्य मोतिराम खड्काले सिठ्ठी जुलुसले त्रिवेणीचोक, शहिदगेट, पुष्पलाल चोक, मुख्य बजार, बिपी चोक, जिल्ला प्रशासन हुदै कालिका मन्दिर लगायतका स्थान परिक्रमा गरेको बताउनुभयो । उहाँले इन्धनमा भएको मुल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्नुभयो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्