भूकम्पपीडितको अस्थायी टहरामा आगलागी

सोमबार, पुस २२, २०८१

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ राडीबजार स्थित ईन्द्र बहादुर शाहीको अस्थायी आवासमा आगलागी भएको छ । भुकम्पपछि अस्थायी आवासमा बस्दै आएका शाहीको आवासमा आज दिउँसो विद्युत सट भएर आगलागी भएको हो ।

आगलागीबाट लत्ताकपडा, भाडाकुडासहित अन्नपात नष्ट भएको आठबिसकोट नगरपालिका वडा नम्वर -९ का वडा अध्यक्ष जनक बहादुर बटालाले जानकारी दिनुभयो। 

आगलागीको क्षतिको विवरण संकलन भैरहेको उहाले जनाउनु भयो । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्